राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
- February 06, 2023
- 3 years ago
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रकी अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी उनी सरकारी जागिर छाडेर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् ।