क्रिकेटर लामिछानेलाई धरौटीमा छाड्ने उच्च आदेशविरुद्ध सर्वोच्च निवेदन
- February 01, 2023
- 3 years ago
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च निवेदन दायर गरेका छ ।
लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको हो । उच्च अदालतको आदेश त्रुटीपूण भएको र उक्त आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने भन्दै सरकारी वकिलले निवेदन दर्ता गराएका हुन् ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि उक्त आदेशविरुद्ध सन्दीप लामिछानेले उच्च अदालत पाटन वेरितपूर्ण आदेश बदर गरी पाऊँ भन्दै निवेदन दायर गरेका थिए ।
उक्त निवेदनमा सुनवाई गर्दै उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालततको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा निवेदन दिएको हो। सामान्यतया फौजदारी कानूनमा ३ वर्ष भन्दा बढी कैद सजाय हुने अभियोग लागेमा थुनामा राखेर अनुसन्धान गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।