सरकार गठनका लागि राष्ट्रपतिको आह्वान
- December 18, 2022
- 4 years ago
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।
आइतबार उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने व्यवस्था छ ।