निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई मतपरिणाम प्रतिवेदन
- December 15, 2022
- 4 years ago
निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।
बिहीबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन्।
आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ।
साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।
अब केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नेछिन्।
भ्कभधबलष्अ
संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ।
अहिलेको सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पहल गरिरहेको छ भने नेकपा एमालेले पनि सरकार बनाउनका लागि आफ्नो तर्फबाट पहल गरिरहेको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदको समर्थन चाहिन्छ।