निलम्बित प्रधानन्यायाधीश जबराको बिहीबार पनि बयान हुने
- August 31, 2022
- 4 years ago
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान हुँने भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले बुधाबार लिएको बायान नसकिएपछि जबराको बिहीबार पनि बयान हुने भएको हो । उनको बयान नसकिएकाले बिहीबार पनि बयान लिने कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।
महाअभियोग सिफारिस समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेकोमा बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बुधबार बयान दिएका जबराले आफूमाथिको महाअभियोग प्रस्ताव एउटा अधिवेशनमा दर्ता भएको तर उक्त अधिवेशनले टुंगो नलगाएका कारण महाअभियोग प्रस्ताव नै अबैध रहेको बताएको थिए । उने महाअभियोगको संसदको एउटै अधिबेशनले टुङ्गो लगाउँनु पर्ने जिकिर गरेको थिए ।