सिन्धुपाल्चोकको बलेफी जुगल हिमाल सडक खण्डमा निरन्त पहिरो
- June 16, 2022
- 4 years ago
सिन्धुपाल्चोकको बलेफी जुगल हिमाल सडक खण्ड पहिरोले अबरुद्ध बनेको छ । बलेफी गाउँपालिका वडा नं.५ स्थित तिपलिङ भीरमा पहिरो गएपछि सडक अबरुद्ध बनेको हो । ५० मिटर क्षेत्रमा माथिबाट झरेको पहिरोका कारण यातायात सञ्चालन गर्न समस्या भएको छ । लगातार पहिरो खसे पनि डोजरले पहिरो पन्छाएर सडक खलाउने काम भइरहेको निर्माण व्यवसायी गोरे तामा ङले जानकारी दिए ।
निर्माणधिन उक्त सडकमा पहिरोले अबरुद्ध भएपछि बलेफीबाट जुगल हिमाल तर्फ जाने र आउने स्थानीयलाई समस्या भएको छ । तीन दिन देखि झरेको पहिलो पन्छाएर सडक खुलाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको हो । रातको समयमा भने पहिरो खस्ने जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिरोका कारण निर्माणधिन सडकमा ठूलो क्षति पुगेको छ । छिन छिनमा निरन्तर पहिरो जान थालेपछि उक्त सडकम खण्डमा यात्रा गर्न जोखिम देखिएको छ ।