यौन अपराधमा हद म्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत
- June 04, 2022
- 4 years ago
काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन गर्ने संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ ।
राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो ।
राष्ट्रिय सभाका सांसद कमला पन्त प्रस्तावक र डा.विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक उक्त प्रस्ताव दर्ता भएको थियो । नेपालमा बाल यौनजन्य कसुर तथा बलात्कारजस्तो जघन्य अपराध उजुरी दिने हदम्याद सम्बन्धी नेपालका विद्यमान कानूनहरुमा भएको व्यवस्था अव्यवहारिक तथा पीडकमैत्री नभएको भन्दै प्रस्ताव दर्ता गरिएको हो । पछिल्लो समय यौन हिंसाबाट प्रताडीत बालबालिकाले हद म्यादको कारण न्याय पाउन नसकेका भन्दै विभिन्न हिंसाका घटना सर्वजनिक भए पछि संसदमा संकल्प प्रस्तव दर्ता भएको थियो ।