कारगारमा महिनावारी सचेतना र सेनिटरी प्याड वितरण
- May 26, 2022
- 4 years ago
काठमाडौ । काठमाडौंको केन्द्रिय कारागार सुन्धारामा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कारागारमा रहेका महिला कैदीबन्दीलाई लक्षित गरी लाइन्स क्लब अफ काठमाडौं उडानले महिनावारी सचेतना कार्यक्रम गरको हो । कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई महिनावारीको समयमा कसरी हेरचाह तथा सरसफाई गर्ने भनेर सिकाइएको थियो ।
महिनावारी महिलाहरुमा हुँने समान्य प्रजनन प्रक्रिया भए पनि महिनावारीको समयमा आउने मानसिक तथा शारीरिक समस्याका कारण कैदी बन्दी महिलाहरुमा समस्या नदेखियोस भनेर सचेतना कार्यक्रम गरिएको क्लबकी अध्यक्ष प्रिती संघानियाले बताइन् । कार्यक्रममा डक्टर ओमा सापकोटाले कैदी बन्दी महिलाहरुलाई महिनावारीको समयमा आउने समस्या, सरसफाई र हेरचाहको विषयमा जानकारी दिएकी थिइन । कारागारमा बस्दा स्यानिटरी प्याड प्रयोग र विसर्जन गर्ने तरिका समेत सिकाइएको थियो ।
कार्यक्रममा ३ सय ८० महिलालाई सेनिटरी प्याड समेत वितरण गरिएको थियो । कार्यक्रम पछि महिनावारीको विषयमा आफूहरुले धेरै कुरा सिकेको कैदीबन्दी महिलाहरुले बताए । उक्त कार्यक्रको सहजिकरण क्लबकी पूर्व अध्यक्ष रिमा अग्रवाल गरेकी थिइन् । महिला तथा प्रजन्न स्वास्थ्य र समाजिक क्षेत्रमा लाइन्स क्लव अफ काठमाडौं उडान कृयाशिल रहँँदै आएको छ । लाइन्स क्लब अफ काठमाडौं उडानमा महिला सदस्य मात्र रहेको क्लब हो ।