गभर्नर निलम्बनको निर्णय कार्यान्वन नर्गन सर्वोच्चको आदेश
- April 20, 2022
- 4 years ago
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ । कार्य सम्पादन सन्तोषजन नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मको प्रस्ताबमा मन्त्री परिषदले गर्भर्नर अधिकारीलाई निलम्बन गरेको थियो । त्यस विरुद्ध अधिकारी सर्वोच्च गएका थिए ।
अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति गठन भएकोमा प्रश्न उठाउदै सर्वोच्च अदालतले गभर्नर अधिकारीमाथिको छानबिन रोक्न पनि आदेश दिएको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन र निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेश संगै गभर्नर अधिकारी पुनः काममा फर्किने बाटो खुलेको छ । आदेशमा १३ वैशाखमा दुबै पक्षलाई छलफलमा बोलाईएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शंकास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएकोमा गभर्नर अधिकारीले अर्थ मन्त्रीको निर्देशन नमोनको भन्दै विवाद देखिएको थियो । यद्यपी अर्थतन्त्रको सुचक सुधार्न जिम्मेवार भएर काम गर्न नसकेको सरकारको आरोप छ ।