स्थानीय तहमा उमेद्वार बन्ने जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनु पर्ने
- April 20, 2022
- 4 years ago
काठमाडौ – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनु पर्ने भएको छ । वैशाख ३० मा हुने निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गर्नैपर्ने गरी निर्वाचन आचारसंहिता २०७८ मा व्यवस्था गरिएको थियो । त्यस विरुद्धमा परेको रिट सर्वोच्च अदालतले अस्वीकार गरेपछि स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्न चाहने जनप्रतिनिधिले राजीनमा दिनु पर्ने भएको हो ।
निर्वाच्न आचारसंहिता २०७८ को राजीनामा दिनु पर्ने व्यवस्था विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले संविधानले स्थानीय तह रिक्त रहने कल्पना नगरेको भन्दै राजीनामा दिनुपर्ने संहिताको प्रावधान बदरको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
चैत ७ मा शेर्पाले सर्वोच्चमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै चैत ८ मा न्यायाधीश बमकुमार श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका थिए । दुवै पक्षको छलफल हुने गरी सुनुवाइ भएर निर्णय नहुँदासम्म निर्वाचन आयोगको आचारसंहितालाई कार्यान्वयन नगर्न भनिएको थियो । उक्त अल्पकालीन अन्तरिम आदेश बदर गर्न निर्वाचन आयोगले सर्वोच्चमा निवेदन गरेको थियो ।
मंगलबार दुवै निवेदनलाई एकसाथ सुनुवाइ गर्दै न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको इजलासले शेर्पाको निवेदन खारेज गरिदिएको हो । सर्वोच्चको यो फैसलासँगै अब स्थानीय तहमा उमेद्वार बन्न चाहन जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने छ ।