नेपाल बार एशोसिएशनमा गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी
- April 08, 2022
- 4 years ago
काठमाडौं । नेपाल बार एशोसिएशनमा गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ । अध्यक्षका उमेद्धवार घिमिरेले ४ हजार ४सय ७४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी बिष्णुमणी अधिकारीले २हजार ९सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिबमा घिमिरे प्यानलकी अन्जिता खनालले ३ हजार ६ सय ४२ पाएर विजयी भएकी छिन भने उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ९ सय ८९ मत प्राप्त गरका छन ।
बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी नाम दिएको सत्ता गठबन्धन निकट मानिएका कानून ब्यवसायीहरुको तर्फबाट अध्यक्ष घिमिरे सहित उनको प्यानल नै विजयी भएका हो । प्रगतिशिल कानून व्यसायीको प्यानल भनिएको एमाले निकट मानिएका कानून व्यवसायीहरुको भने प्यानल नै पराजित भएको छ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि चैत्र १९ गते निर्वाचन भएको थियो । निर्वाच्नमा नौ हजार ७ सय ८ जना अधिवक्ताले मतदान गरेका थिए ।