एमबीबीएस प्रवेश परीक्षा दिन पुगेका चार नक्कली परीक्षार्थी पक्राउ
- April 01, 2022
- 4 years ago
काठमाडौँ — चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रवार महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेका हो । अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको विषयमा सूचना आएकाले अपरेसन गरिरहेको बताए ।