पीडितको चरित्र हत्या गर्ने सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
- March 07, 2022
- 4 years ago
युट्युब मार्फत पीडितको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो ।
सेलेब नेपाल नामको युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको
आरोपमा थापालाई पक्राउ गरिएको हो ।
उनलाई आइतबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहको ब्युरोले जानकारी दिएको छ ।