६ करोड भन्दा बढी क्रिप्टो करेन्सीको कारोवार गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ
- November 28, 2025
- 6 months ago
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं १३ मा डेरा गरी बस्ने २२ वर्षीय विकास साह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। रौतहट गरूडा स्थायी ठेगाना भएका साहलाई प्रहरीले बिहीबार भद्रकालीबाट पक्राउ गरेको हो।
उनले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप छ।
उनीमाथि अनलाइन ठगीको समेत आरोप उजुरी परेको छ । प्रहरीले साहमाथि अभौतिक कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ।
यसअघि बुधबार पनि काठमाडौं प्रहरीले डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको थियो। उनले पनि १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी रकमको क्रिटो कारोबार गरेको आरोप छ।