सञ्चारकर्मीलाई अदालतको अवहेलना मुद्धामा बयानका लागि बोलाने आदेश : झूटा सामग्री उत्पादन तथा प्रसारणको आरोप
- April 29, 2024
- 2 years ago
सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयानका लागि बोलाउने आदेश दिएको छ ।
स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको भन्दै अदालतको अवहेलना मुद्दामा
अध्यक्ष कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई बयानका लागि बोलाउने आदेश दिएको छ । उनीहरु विरुद्ध आइतबार सर्वोच्च अदालतका रजिष्टार्डले अवहेलना मुद्धामा प्रतिवेदन पेश गरेको थिए । उक्त मुद्दामाथि सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलाले सुनुवाई गर्दै बयानको लागि बोलाने आदेश दिएको हो ।
जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन प्रतिवेदनमाा माग गरिएको थियो । विश्वभर अदालतको अवहेलनाको मुद्दा अदालत स्वयंले प्रतिवेदन दायर गर्ने न्यायिक प्रचलन छ । त्यही प्रचलन अनुसार आइतबार प्रतिवेदन दायर भएको थियो मुद्दामा जानाजान झूटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न प्रतिवेदनमा माग गरिएको छ ।
सिधाकुरा डटकम नामक अनलाईनले केही दिन अधि श्रृखलाबद्ध रुपमा केही ठूला सञ्चारगृहको मालिकको प्रभावमा परेर अख्तियारले दायर गरेको मुद्धामा स्टिङ अपरेसन नगर्ने गरी सेटिङमा सर्वोच्च अदालतबाट फैसला आएको भन्दै समाचार प्रशारण गरेको थियो ।