अन्तर्राष्ट्रिय कल बाईपास संलग्न दुई जना पक्राउ
- February 23, 2024
- 2 years ago
काठमाडौं ।अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ११ को सिद्धेश्वरमार्गबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान रहेको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको एसपी बोगटीले जानकारी दिए । उनीहरुको साथबाट १२८ पोर्ट क्षमताको डिभाइस र एनसेलको प्रयोग नभएको २०९ थान सीम कार्ड ,भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायतको कल वाईपासमा प्रयोग हुने अन्य सामाग्री बरामद गरिएको छ ।