चेक अनादर कानुन र अभ्यास : कुन कुन अवस्थामा चेक बाउन्स हुन्छ ?
- January 30, 2022
- 4 years ago
रामहरि नेपाल
विषय प्रवेश
आजभोली हरेक आर्थिक कारोवार बैंक मार्फत हुने गर्दछ । बैंकका कार्यलाई व्यक्ति वा व्यक्ति र संस्थाबीच नियमित र नियन्त्रित गर्न नगदको सट्टा चेक अविच्छिन विकल्प हो । नागरिकका आर्थिक गतिविधिमा चेकको कारोवारले जति सहजता र सरलता प्रदान गरेको छ त्यतिनै चेकको कारोवारबाट कानुन उल्लङघन हुदै गएको छ । दुसित मनसायका साथ चेकलाई माध्यम बनाई कारोवार गर्दा एकातिर अपराध वढ्दै गएको छ भने अर्कोतिर समाजमा व्यक्ति–व्यक्तिबीच अविश्वास बढ्दै गईरहेको छ । समाजमा भएका र हुने विविध समस्यालाई नेपालमा विद्यामान कानुनले फरक–फरक तवरबाट समेट्न खोजेको छ । खासगरि चेक र अन्य बैंकिङ साधन मार्फत गरिने कारोवार, संचालन, नियन्त्रण गर्न हाल व्यक्तिवादी फौजदारी मुद्दाको रुपमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र दुनियावादी देवानी मुद्दाको रुपमा विनिमय पत्र अधिकार ऐन २०३४ क्रियासिल छन् । यो लेखमा खासगरि विनिमय पत्र अधिकार ऐन २०३४ को प्रयोग, कानुनमा सरोकारवालाको अधिकार, Cheque Stopped, कानुनको अदालती प्रयोग र परिभाषा तथा केही भारतिय र व्रिटिश अभ्यास र नेपाल कानुन तथा चेक अनादर मुद्दामा सर्वोच्च अदालतको भुमिकाको विषयमा चर्चा गर्ने प्रयास गरेको छु ।
परिभाषा
पैसा वा रुपयाका विभिन्न प्रारुपको आधारमा बैंक र व्यक्तिबीचको कारोवारलाई सुनिश्चित गरिन्छ । यसरी पैसा वा रुपयाँको धेरै आयामहरुबाट बैंकको कारोवारलाई नियमित वा नियन्त्रित गरिनाले यसको विशेष महत्व छ । पैसाका विभिन्न प्रारुपमध्ये चेक, बैंकड्राफ्ट आदि पर्दछन् । पश्चिमा राष्टहरुमा पैसाको प्रारुपलाई भिन्न तरिकाबाट परिभाषित गरिएको छ । Money is of various kinds such as currency cash, bank cheques, bank drafts, or documents with undertaking to pay, such as promissory notes and bills of exchange. These large methods of payments help the large and complex modern commerce of today to function competemtly and efficiently । समाजमा व्यक्ति वा संस्थाहरुबीच एक आपसमा हुने कारोवारलाई व्यवस्थित तरिकाले संचालन गर्न नगदको सट्टामा प्रयोग गरिने मौदिक उपकारण नै चेक हो । चेक भनेको व्यक्ति–व्यक्तिबीच वा व्यक्ति–संस्थाबीच कारोवार संचालन गर्ने लिखित उपकरण हो । चेक मौद्रिक उपकरण भएपनि यसलाई विभिन्न कानुनले र विज्ञले फरक फरक तरिकाले परिभाषा गरेका छन् । चेक भन्नाले माग्नासाथ भुक्तानी दिनुभनि कुनै बैंक उपर खिचिएको विनियम पत्रलाई सम्झनु पर्दछ । चेक नगद रकमको भौतिक र जोखिमयुक्त कारोवारलाई लिखित मार्फत चेक वहाकको आदेशमा सम्बन्धीत बैंकले पुरा गर्नुपर्ने गरि दिएको आदेश हो ।
नेपालमा विद्यामान कानुनले चेकलाई विनिमय अधिकारपत्र भनि परिभाषा गरेको छ । यसमा चेक वहाकले आफ्नो बैंक खातामा रकम भएकाले चेक लिई आउनासाथ चेकमा लेखिए बरावरको रकम दिनुभनि बैंकलाई आदेश दिदा एकातिर चेक वहाकले चेक लिई आउनेलाई चेक दिएको स्वीकार गरेको र अर्कोतिर बैंकमा पेश हुनासाथ बैंकले उक्त चेकमा लेखिए वरावरको रकम दिनुपर्ने कानुनी दायित्वलाई निश्चित गर्दछ । त्यसैगरि Indian Negotiable Act ले चेकलाई यसरी परिभासित गरेको छ । A Cheque is a bill of exchange drawn on a specified banker and not expressed to be payable otherwise than on demend[1]. यसरी चेक जारी भएको चेक भक्तानी नहुनु चेक अनादर हुनु हो । चेक सम्वन्धी विद्यामान ऐनको परिभाषाले चेकलाई विनिमयपत्र भनि उल्लेख गरेकोले विनिमयपत्र लिखत निर्देशन हो । नेपाल राष्ट्र बैंक ऐनले विनिमय पत्रलाई एक व्यक्तिले अर्को व्यक्तिलाई रकम दिनुभनि निर्देशन गरिदिएको लिखतलाई सम्झनुपर्छ भनेको छ । “विनिमय पत्र” भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अहएको व्यक्तिलाई वा सोपत्र लिई आउने व्यक्तिलाई विना सर्त यति रकम दिनुभनि कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई निर्देशन गरीदिएको लिखतलाई सम्झनु पर्दछ ।
चेक मार्फत माग्न आएको भुक्तानी सम्बन्धीत चेक धारकले तोकिएको बैंक मार्फत रकम प्राप्त नभएमा चेक अनादर भएको मानिन्छ । चेक वहाकले आफ्नो खातामा रकम भएनभएको हेरी भएको दातामा रकम भएमात्र चेक दिनुपर्ने देखिन्छ । साथै विनिमय पत्रमा उल्लेखित रकम चेकमा भएका त्रुटि, सम्बन्धीत खातावालाको खातामा रकम नभएर, खातावालाले पुर्व जानकारी गराएर Cheque Stopped गरेको अवस्थामा वा अन्य कुनै अवस्था स्रिजना भई चेक बापतको रकम भुक्तानी नपाएमा चेक अनादर हुनेछ वा भुक्तानीको निम्ति दिएको चेक निश्चित कारण सहित बैंकबाट भुक्तानी हुन नसकी फिर्ता हुनु चेक बाउन्स हो । चेक अनादरको स्पस्ट र प्रत्यक्ष परिभाषा नभएपनि विनिमय पत्र अधिकार ऐन २०३४ को दफा ६५ ले भुक्तानी पाए नपाएको कुरालाई चेक बाउन्सको आधार मानेको छ ।
प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले वा विनिमयपत्र स्वीकार गर्ने व्यक्तिले वा चेकको ड्रयीले भुक्तानी दिनुपर्ने रकमको भुक्तानी नदिएमा सो प्रतिज्ञापत्र, विनिमयपत्र वा चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिनेछ । निक्षेपकर्ताले दिएको चेक निक्षेपकर्ताकै कारणबाट भुक्तानी हुन नसकेमा चेक अनादर भएको मानिनेछ । प्रचलित ऐनले खातावालले गरेको कुनै पनि कारणबाट चेक भुक्तानीमा अवरोध भएमा वा खातावालले आफ्नो खातामा प¥याप्त रकम नहुदा नहुदै चेक काटी दिएमा, वा निश्चित कारणविना दिएको चेक Cancel वा Cheque Stopped गरेमा वा अन्य कुनै कारणबाट चेक नसाटिएमा त्यस्तो कार्यले चेक अनादर भएको मानि त्यस्ता कार्य गर्नेलाई जरिवाना, र सजाय समेत हुने व्यावस्था रहेको छ ।
बैंक मा आफ्नो निक्षेप छैन वा निक्षेप भएपनि प¥याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धीत बैंक समक्ष प्रस्तुत गर्दा प¥र्याप्त निक्षेप नभएकोकारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ । ऐनको यो व्यावस्थाले चेक काट्ने मानिसले दायित्व पुरा नगर्दा चेक बाउन्स हुने र त्यसको दायित्व सम्बन्धी चेक काट्ने मानिस वा खातावालले निर्वाह गर्नुपर्ने कुरालाई निश्चित गरेको छ । नेपालको कानुनले चेक काटि दिने व्यक्तिले आफुले चेक काटिदिएको खातामा रकम छैन वा रकम भएपनि नपुग रकम छ भनि जानीजानी चेक काटी दिई चेक धारकले प्राप्त गर्ने रकम प्राप्त गर्न नसकेमा त्यस्तो कार्यले चेक अनादर भएको मानेको छ ।
चेक बाउन्स हुने ÷नहुने सैद्धान्तिक अवस्थाहरु :
चेक बाउन्स सम्बन्धी स्पस्ट परिभाषा नभएकोले चेक बाउन्सको प्रक्रियामा चेक जारी गर्ने व्यक्तिको कार्यबाट मात्र चेक अनादर हुने कुरा यकिन गर्न सकिन्छ । तर बैंकको कुनै कार्य चेक भुक्तानी नभएमा सो कार्य चेक अनादर हुदैन । चेक जारी गर्ने व्यक्तिले दिने लिखित उपकरणमा त्रुटि भई वा अन्य कार्यबाट चेकमा लेखिएको रकम भुक्तानी नभएमा Cheque Bounce भएको मानिन्छ । निम्न आधारहरु चेक अनादर हुने आधार हुन ।
- चेकमा उल्लेख भएको रकम खातामा नभएमा ।
- चेकजारीगरेपछिखातावाललेखाताबन्दगरेमा।
- खातावालले विनाकारण Cheque Stopped गरेमा ।
- चेकमा गरिएको हस्ताक्षर फरक परेमा वा बैंकको रेकर्डमा फरक परेमा ।
- बैंक समक्ष प्रस्तुत चेकको भुक्तानी दिन बैंकले इन्कार गरेमा ।
- भविश्यकोचेकभुक्तानीगर्नेमितिकायमगरीत्योभन्दापहिलेनैखाताबन्दगरेमा।
- विनिमय पत्र ऐन अनुसार चेकबाट उत्तरदायी हुने पक्षलाई सुचना नदिएमा ।
- सयुक्तखातासंचालनभएकोअवस्थामाकुनैएकसंचालकलेचेकमाहस्ताक्षरगरिदिएकोतरअर्कासंचालकलेहस्ताक्षरनगरेकोकारणबाटचेकभुक्तानीनभएमा।
- सुरक्षाको सुनिश्चितताको लागि भविश्यको मितिको चेक काटी तोकिएको समयमा चेक वापतको रकम भुक्तानी नभएमा ।
साथै चेक बहाकले कसैलाई चेक जारी गर्नुपुर्व निजको चेक चोरी भई वा हराई आफ्नो खातामा भएको रकमको सुरक्षार्थ सम्वन्धित बैंकलाई सुचना दिई उक्त खाता मार्फत तोकिएका चेक वा कसैले पनि कारोवारमा गर्न नमिल्ले गरि खाता रोक्का राख्न सक्ने कार्य चेक अनादार भएको मानिदैन । तर यसरी चेक हराएमा, चोरी भएमा सो घटना उपर सम्बन्धीत निकायमा उजुर बाजुर गरेको देखिएमा वा चेक चोरी भएको वा हराएको प्रमाण पेश भएमा चेक अनादर भएको हुदैन ।
- जुन बैंक उपर चेक खिचिएको छ, सो बैंक मा चेक प्रस्तुत नगरी कसैले पनि ड्रअर उपर दावी गर्न पाउने छैन ।
- काटिएको चेकमा भुक्तानीको लागि आवस्यक सूचना नपुगि बैंक समक्ष पेश नभएमा ।
- भविश्यको समय राखि चेक जारी गरेमा ।
- भुक्तानीको लागि काटिएको चेक छ महिना भन्दा पुरानो भई पेश भएमा ।
- चेकमा सम्बन्धीत खातावालको हस्ताक्षर नभएमा ।
- बैंकल्पिकड्रयीलेअनादरनगरेसम्मअनादरनमानिने ।
चेक रोक्का भन्नाले चेक बहाकले कसैलाई चेक भुक्तानीको लागि चेक काटी दिइसकेपछि सम्वन्धीत Drawee लाई पहिले काटिसकेको चेक भुक्तानी नगर्न दिएको लिखित अनुरोध वा आदेश हो । तर सामान्य अवस्था बाहेक चेक बहाकले आफुले जारी गरेको चेकको भुक्तानी रोक्नु पनि चेक अनादर गरेको मानिन्छ । यदी चेक दिएको व्यक्तिको चेक हराएमा, चेक चोरी भएमा, कारकापमा पारी चेक कटाएको प्रमाणित भएमा वा चेक रोक्का राख्नुपर्ने वस्तुनिष्ठ प्रमाण भए बाहेकको अवस्थामा चेक रोक्का राख्न सकिदैन ।तर कसैलाई दिएको चेक वापतको रकमको दायित्व चेक दिनेले पुरा गरेमा Cheque Stopped वैध हुनेछ । कसैले कानुन बमोजिम निजको खाता वा चेक रोक्का राखेमा निजलाई कुनै अभियोग वा सजाय लगाउन पाइने छैन । यसको अतलव कानुन अनुसार खातावालले आफ्नो खाता रोक्का राख्न, खाता बन्द गर्न वा संचालन गर्न सक्छ । भारतीय Negotiable Instruments Act ले पनि कानुनी रुपमा गरिएका कार्य उपर कुनै अभियोग नलगाउने कुराको Guarantee गरेको छ । No prosecution can be done under Section 138, as the account holder is exercising his legal rights[2] .
Drawer ले चेक जारी गरेपछि चेक दिने पक्षले करकापको रुपमा रहेको करारीय दायित्व पुरा नगरेको विषय चेक स्टप्डको विषय रहदैन, रहन्छत केवल चेक धारकको चेकको भुक्तानी भयो वा भएन तर चेक जारी गर्नुपुर्व चेक हराएमा वा चेक चोरी भएमा वा भुक्तानी दिनु नपर्नेमा भुक्तानी दिएमा, तथा भुक्तानी रोक्नुपर्ने बैंकलाई विश्वास लाग्ने प¥र्याप्त र विश्वसनीय आधार र कारण पेश गरेमा Drawer ले आफ्नो खातामा भएको रुपयाँको संरक्षणको लागि Stop Payment को लागि बैंक समक्ष उजुरवाजुर गर्नसक्छ ।तर मुद्धाको पक्षले चेक रोक्का राख्नुपुर्व Stop Payment को लागि गर्नुपर्ने पूर्व तयारीको विषयमा कहीकतै उजुर बाजुर नगरेकोले सम्मानीत सर्वोच्च अदालतको एक फैसलाले Cheque Stopped को लागि गर्नुपर्ने विभिन्न पुर्वसर्तको व्याख्या गरेको छ । ड्रअरले काटेको चेक कहिलेकाँही गल्ती हुन सक्तछ । भुक्तानी दिनु नपर्नेलाई भुक्तानीको लागि गएको हुनसक्तछ, रकम घटी वा बढी हुन सक्तछ वा करकाप गरी चेकमा सही गराएको अवस्था वा चेक चोरी भएको अवस्था पर्न सक्तछ यस्तो अवस्था पर्न आएमा निजले तुरुन्त भुक्तानी दिने बैंकलाई खवर गर्नु अतिरिक्त प्रचलित कानुन अनुसार अधिकार प्राप्त निकायमा उजुर वा फिराद गर्नुपर्ने हुन्छ ।
नेपाल कानुनको अधिनमा रही हालसम्म भएका विभिन्न फैसलाहरुमा Drawer ले Cheque Stopped को लागि गर्नुपर्ने पुर्व सावधानीको प्रक्रिया नअपनाएकोले वा Cheque Stopped गर्नुपर्ने वस्तुगत कारणबाट भएको Cheque Stopped लाई पनि चेक अनादर भएको स्वीकार गरेको छ । कसैले कसैको नाममा चेक काटेपछि सो चेकको भुक्तानी हुनुपर्दछ । चेक काट्ने र सो चेकको भुक्तानी रोक्ने हो भने यसले वैकिङ पद्धतिप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न नसकिने ।
Stop payment को वारेमा फरक फैसला गरेको छ । भारतयी सर्वाच्च अदालतको फैसला अनुसार ड्रअरले बैंक समक्ष चेक वहाकले काटेको चेकको दायित्व पुरा गरिसकेको वा Drawee लाई चेक रोक्काको लागि निवेदन दिदाको अवस्थामा चेक धारकलाई कुनै पनि दायित्व तिर्नुबुझाउनु पर्ने नभएको वस्तुगत कारण पेश गरेमा मात्र चेक स्टपड् गर्न सकिने दावी गरेको छ ।
The accused can thus show that the stop- payment instruments were not issued because of insufficiency or paucity of funds. if the accused shows that in his account there were sufficient funds to clear the amount of the cheque at the time of presentation of the cheque for encashment at the drawer bank and that the stop-payment notice had been issued because of other valid causes including that there was no existing debt or liability at the time of presentation of cheque for encashment, then offence under Section 138 would not be made out. The important thing is that the burden of so proving would be on the accused. Thus a court cannot quash a complaint on this ground[3].
नेपालमा हाल विद्यामान कानुनलाई आधार मानि चेक रोक्का गर्ने स्पस्ट कारणको अभाबमा बैंकले चेक जारी गर्ने व्यक्तिले दिएको चेक रोक्कामा Drawee ले सहज रुपमा विना कारण प्रमाणको अभावमा रोक्का राख्न नहुने कुरामा जोड दिएको छ । विश्वसनीय आधार र कारण कारण नभई आफैले जारी गरेको चेक भुक्तानी रोक्का गर्न छुट दिने हो भने बैंक मार्फत हुने भुक्तानी प्रणालीमा अविश्वास पैदा भई सम्पुर्ण बैंक तथा वित्तीय प्रणालीको संचालनमा नै नकारात्मक असर पर्न सक्ने ।
यसबाट के स्पस्ट हुन्छ भने Cheque Stopped पनि चेक बाउन्सहो । तर चेक वहाकले विना कारण दिएको चेक रोक्कागर्न सक्दैन । यदी कुनै प्रकारले रोकेमा त्यो कानुनको कसिमा गलत सावित हुनेछ ।
चेक अनादर निशर्त आदेश वा आर्थिक कारोवारको माध्याम :
चेक एक निशर्त आदेश हो तर चेक व्यक्तिका आर्थिक कारोवारसंग जोडिने हुनाले प्रत्यक्ष अप्रत्यक्ष यसले लेनदेन वा करार वा अन्य कुनै कुराको आधारमा चेकको कारोवार भएको यथार्थलाई स्वीकार गरेको हुन्छ । चेक निशर्त आदेश भन्ने हो भने यस अन्तरगत पर्ने विषयहरु वा चेकको कारोवार भैसके पछि के आधारमा Drawer ले चेक काटेको हो भन्ने तर्फ खासै ध्यान दिन जरुरी छैन ।
व्रिटिश Bills of Exchange Act ले पनि चेकलाई शर्तविहिन प्रतिज्ञापत्र भनेको छ । A promissory note is an unconditional promise in writing made by one person to another, signed by the maker, engaging to pay on demand or at a fixed determined future time, a sum certain in money to or to order, or a specified person, or to bearer[4].केवल चेक वहाकले आफ्नो स्वच्छाले, जानीजानी, कसैलाई तिर्ने वुझाउने प्रयोजनार्थ दिएको आधारलाई स्वीकार गरि चेक जारी गरेकाले चेक लिनालिनाको पछाडी कुनै लिखित आधार कारण नदेखाएमा सो कार्य निशर्त आदेश हो ।
विनिमय पत्र अधिकार ऐन २०३४ को दफा २(छ) ले चेक निशर्त आदेश भनि स्पस्ट व्यावस्था गरेको छ । विनिमय पत्र भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लखिएको कुनै खास व्यक्तिलाई वा निजले अहएकोलाई वा सो पत्र लिई आउनेलाई र यति रुपैया दिनु भनी एकले अर्कोलाई विना शर्त निर्देश गरी दस्तखत गरिदिएको लिखत लाई सम्झनु पर्छ । ऐनको यो परिभाषाले कारोवार गर्ने पक्षबीचको पुर्वशर्तलाई चिन्दैन । वा कुनै शर्त पुरागर्ने गरी नभई पुरा गरि सकेको वा कारोवार भै सकेको अवस्थामा चेक जारी गर्न सकिने र यसरी जारी गरिएको चेकमा Drawer पुर्ण रुपमा जिम्मेवार हुनुपर्ने विधायिकी मनसाय रहेको हुन्छ ।
सवोच्च अदालतको एक फैसलाले चेक जारी कसरी भयो र के आधारमा चेक जारी भयो भन्ने समेतको कुरालाई ऐन बमोजिमको कानुनी व्याख्या गरेको पाइन्छ । चेक जारी गर्ने व्यक्तिले आफुले धारकलाई सापटी दिएको वा अन्य कारणले पनि अर्को व्यक्तिको नाममा चेक जारी गरेको हुन सक्छ । आफुले प्राप्त गरेको चेकमा उल्लेख भएअनुसारको रकम ऋण दिएको हुनाले आफुले भरि पाउने हो भन्नलाई दावी अनुसारको रकम ऋण लिएको भन्ने तथ्य प्रमाणबाट पुष्टि हुनुपर्ने । सामान्यतया चेकलाई निःशर्त आदेश मानिन्छ । चेक दुनियावादी देवानी कानुन अन्तरगत पर्ने भएकाले विनिमय अधिकार पत्र ऐन २०३४ को मक्सतलाई हेर्दा चेक वा अन्य उपकरण जारी गरेपछि के आधारमा जारी भयो भन्ने हेरिनु जरुरी हुदैन किनकी चेक जारी गर्ने वा नगर्ने भन्ने विषयमा Drawer को स्वतन्त्रता रहेको र जुनकुनै तरिकाले चेक जारी भएको हुन सक्दछ । यसको मतलव चेक धारक भन्दा पनि चेक बहाक जिम्मेवार हुनुपर्दछ । त्यतिमात्रै होइन चेक दुरुपयोग गर्ने कार्यलाई बैंक कसुर तथा सजाँय ऐन २०६४ को दफा ३ ले आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने भनि त्यस्ता कार्यलाई बैकिङ कसुर भनि तोकेको छ ।
ऐनको व्यवस्थाले Drawer ले जानीजानी खातामा रकम नभएको अवस्थामा चेक काट्ने कार्य नै चे बाउन्सहो भनि परिभाषित गरीएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । यसरी चेक काट्ने कार्य नै चेक बाउन्स को पुर्वाअवस्था हो ।
यसरी निषेधित गरेको प्रति कुनै संकेत नगरी चेक बहाकलाई दायित्वबाट उन्मुक्ति दिएको फैसलाले पक्कापनि विनिमय अधिकार पत्र ऐनलाई अस्पष्ट र कमजोर देखाएको छ । अर्कोतर्फ हेने हो भने यो फैसलाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा २ (च) प्रतिज्ञापत्र भन्नाले सरकारी वा बैंक नोट बाहेक कुनै निश्चित मिति वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह््राएकोलाई वा सो पत्र लिई आउनेलाई बिना शर्त यति रुपैया दिन्छु भनी कबुल गरी दस्तखत गरी दिएको लिखतल सम्झनुपर्छ ।
तर सो शव्दले मुलुकी देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १५ बमोजिम भएको लिखतलाई जनाउने छैन भनि संसोधन भएपछिको अवस्थालाई समेत समाविष्ट गरि चेक अनादर एक निशर्त आदेश हुने कुरालाई निदिष्ट गर्दछ ।
तर चेक कारोवार भै सकेको अवस्थामा कारोवार भयो कि भएन, थियो कि थिएन भन्ने विवादमा अदालतको फरकफरक धारणा आउदा कानुन व्याख्यामा प्रश्न चिन्ह खडा भएको छ । महेश्वरलाल श्रेष्ठ विरुद्ध विष्णु महर्जन समेत भएको मुद्दामा अदालतले Drawer ले कारोवार गरेकै कारण चेक धारकको नाममा चेक जारी गरेकोले चेक काट्ने कार्य निशर्त कार्य भनि चेक आनदर भएको व्यख्या गरेको छ । यसबाट अझै एउटा कानुनी प्रश्न चेक निशर्त आदेश हो कि चेक काट्नुपर्ने कारण वा कुनै शर्त सहितको आदेश हो भन्ने प्रस्ट छैन । तर ऐनलाई हेर्दा चेक काट्ने कार्य निशर्त आदेश हो ।
चेक बाउन्स बैंकिङ कसुर कि विनिमय अधिकार पत्र ऐन अन्तरगत आर्कषित हुने ?
Drawer ले कसैले आफुलाई चेक धारक बनाई चेक काटीदिएपछि उक्त चेक सम्बन्धीत बैंकमा पेश गर्दा बैंकले Drawer को खातामा चेक बमोजिमको रकम नपुग भई वा अन्य कुनै कारणबाट भुक्तानी गर्न इन्कार गरेमा ऋजभत्रगभ द्ययगलअभ भएको मानिन्छ । यसरी ड्रअरको कारणबाट चेक बाउन्सभएमा सो कार्य विरुद्ध विनिमेय अधिकार पत्र ऐन २०३४ र वैकिङ कसुर तथा सजाँए ऐन २०६४ दुवै आर्कषित हुन्छ ।
चेक अनादर व्यक्ति व्यक्ति बीचको कारोवारबाट सिर्जित देवानी गल्ती (Civil Wrong) हो ।
यदी कसैले आफ्नो दायित्व बहन गर्नु पर्नेमा सो कार्य नगर्दा परिणाम स्वरुप उत्पन्न हानि, नोक्सानीलाई दुष्कृति गरेको मानिने भएकाले Drawer को कारणबाट भुक्तानी दिन इन्कार गरिएमा सो कार्य अनादर हुने कानुनी व्यवस्था भएकोमा भुक्तानी नपाएको मितिले ५ वर्ष भित्र सम्वन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हदम्याद रहन्छ । तर चेक अनादर मुद्दामा वैकिङ कसुर तथा सजाँए ऐन २०६४ को दफा ३ ले चेक अनादर गरे भएमा कसुर कायम हुने र उपचारको लागि छुटै जाहेरी दिने अवधि र हदम्याद व्यावस्था छ । यसलाई हेर्दा वैकिङ कसुर नितान्त आपराधिक कार्य अन्तरगर सुचिकृत गरेकोले चेक अनादर मुद्दा विनिमय अधिकार पत्र ऐन आर्कषित हुने विषय हो ।
यसभन्दा अगाडी चेक अनादर मुद्दामा Drawer को चेक अनादर कार्य अपराधिक कार्य भएको कानुनी व्याख्या भएका भएको छ । श्रीकृष्ण परियार विरुद्ध काठमाडौं जिल्ला अदालत र नेपाल सरकार विरुद्ध खेमराज भट्ट भएको मुद्दामा चेक अनादर भएमा ठगीमा मुद्दा चलाइनु ठिक भएको व्याख्या गरिएकोछ ।
यसरी चेक अनादर मुद्दामा फौजदारी कानुन आर्कषित भई नागरिकलाई आर्थिक कारोवारमा अपराधि चित्रण गर्ने कामले नागरिकको स्वतन्त्रतामा क्षति पुगेको छ । चेक अनादर कार्यमा म्चबधभच ले गर्ने कार्य दुष्कृति वा देवानी गल्ति हो, यसमा चेक बहाकको चेक अनादर कार्यबाट दुष्कृतिका तत्वहरु स्थापित हुन्छन । दुष्कृतिको दायित्व शूरु हुन वा देवानी दायित्व स्थापित हुनका लागि दुष्कृतिका चारवटा तत्वहरु स्थापित हुनुपर्दछ । कर्तव्य (presence), कार्य (breach of duty), क्षति (injury), कार्यको कारणले क्षति (link of injury to the action)[5] । चेक अनादरमा अबको स्पस्ट बाटो विनिमय अधिकार पत्र ऐन आर्कषित हुने र त्यस प्रकृतिका मुद्दाहरु विनिमय अधिकार पत्र ऐन मार्फत हेर्नपर्ने भनि सवोच्च अदालतबाट व्यख्या भएको छ ।
व्यक्तिले बैकिङ प्रणालीलाई नै नोक्सान पार्नेगरी गर्ने आपराधिक कार्य र व्यक्ति व्यक्तिबीच भएको विनिमय कारोवारबाट सिर्जित हुने दुस्कृतिलाई अलगअलग कानुनले भिन्नभिन्न कसुरको रुपमा परिभाषित गरेको साथै त्यसको लागि कानुनी उपचारको मार्ग र प्राप्त हुने उपचार समेत फरक ढंगबाट निर्धारण गरेपछि त्यसको पालना र प्रयोगपनि सोहीअनुरुप गरिनु वाञ्छनिय हुन्छ । गलत प्रक्रियाबाट सही निष्कर्षमा पुग्न नसकिने ।
अन्तमा, चेक अनादर ड्रअरले आफ्नो खातामा रकम छैन भनि जानीजानी चेक काटिदिई उक्त चेक बापतको रकम बैंकबाट भुक्तानी हुन नसकेमा चेक बाउन्सभएको मानिन्छ । खातामा रकम नभई चेक बाउन्सभए बाहेकका अवस्था जस्तो cheque stopped भएमा पनि चेक बाउन्सहुने अभ्यास रहेको छ साथै प्रचलित ऐन कानुनले चेक एउटा निशर्त आदेश हो भनि परिभाषा गरेको अवस्था भएकैले पनि चेक stopped लाई पनि चेक बाउन्समान्नुपर्छ । cheque stopped लाई सामान्य तथा नेपालमा मात्र नभएर भारतीय कानुनले पनि Drawer ले चेक धारकलाई तिर्नु वुझाउनू पर्ने नभएको वा चेक धारकप्रति कुनै दायित्व नभएको प्रमाण पेश गरेमा मात्र अजभत्रगभ कतयउउभम गर्न सक्ने कुरालाई स्वीकारेको छ ।
तथापी cheque stopped कुन अवस्थामा बाउन्सहुने कुन अवस्थामा नहुने भन्ने कुरा हालसम्म कानुन नै चुप लागेको देखिन्छ । हालसम्म सर्वोच्च अदालतबाट भएका प्राय फैसलाले पनि चेक जारी भएपछि चेक बाउन्सहुने वाध्यता Drawer को कारणबाट सिजर्ना हुने भएकाले चेक धारकले चेक जारी गरेबाट अनादर हुने र चेक अनादरको दायित्व चेक बहाकको हुने कुरामा दुइमत हुदैन ।
- नोटः योअनुसन्धानात्मकआलेखभर्डिक्टम्यागजिनमायसअधिनैप्रकाशनभइसकेकोछ।पाठकहरुकालागि उपयोगीभएकालेलेखकरप्रकाशककोअनुमतिमापुनःयोसामग्रीप्रकाशनगरिएकोहो।